images
images

दोलखामा सकियो कोरोना बिरुद्धको बुस्टर डोज, २६ हजार नागरिक खोपको पर्खाइमा

  • २८ श्रावण २०७९, शनिबार ०९:०३

दोलखा । दोलखामा कोरोना विरुद्धको बुस्टर डोज खोप अभाव भएको छ । जिल्लामा दिनप्रतिदिन कोरोना संक्रमित थपिँदै गएर संक्रमणको जोखिम बढ्दै गइरहेका बेला बुस्टर डोज खोपको अभाव भएको हो ।

साताको एक दिन अर्थात् शुक्रबार लगाइँदै आएको बुस्टर डोज खोप अभाव भएपछि हाल खोप अभियान पनि स्थगित भएको छ । खोप मौज्जात कम रहेको अवस्थामा भदौ ५ गतेदेखि ५ देखि ११ वर्षका बालबालिकाका लागि खोप अभियान सञ्चालन गर्ने तयारी भइरहेकाले बुस्टर डोज खोप अभियान रोकिएको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ । बुस्टरडोज खोप जिल्ला स्वास्थ्य कार्यालयले चरिकोटको खोप केन्द्रबाट मात्रै लगाउने गरेको थियो । तर, अहिले बुस्टर डोज खोप कार्यक्रम पनि स्थगित गरिएको हो ।

साताको एक दिन अर्थात् शुक्रबार लगाइँदै आएको बुस्टर डोज खोप अभाव भएपछि हाल खोप अभियान पनि स्थगित भएको छ । दोलखामा कोभिड विरुद्धको दोस्रो खोप लगाइसकेका २६ हजार ३ सय ४५ जनाले अझै बुस्टर डोज खोप लगाउन बाँकी छ । पहिलो मात्रा खोप लगाएका १ हजार १ सय ३५ जनाले कोभिड विरुद्धको दोस्रो मात्रा खोप लगाउन बाँकी छ ।

जिल्लामा हालसम्मको अवधिमा १८ वर्षमाथि उमेर समुहका ७२ हजार ४ सय ३२ जनाले कोभिड विरुद्धको बुस्टर डोज खोप लगाएका छन् । जसमध्ये ७० हजार ५ सय २१ जनाले कोभिसिल्ड र १ हजार ९ सय ११ जनाले भेरोसेल खोपको बुस्टर डोज लगाएका हुन् । दोलखामा कोभिड विरुद्धको दोस्रो खोप लगाइसकेका २६ हजार ३ सय ४५ जनाले अझै बुस्टर डोज खोप लगाउन बाँकी छ । बुस्टर डोज लगाउन बाँकी हुनेमा सबैभन्दा बढी भीमेश्वर नगरपालिकाका ८ हजार २९ जना छन् । यस्तै, जिरी नगरपालिकाका २ हजार २ सय ५५ जना, गौरीशंकर गाउँपालिकाको १ हजार ८ सय, विगुको २ हजार ३ सय २५ जना, कालिञ्चोकका २ हजार ६ सय १ जनाले बुस्टर डोज खोप पाएका छैनन् । शैलुङ गाउँपालिकाका २ हजार २ सय ९१ जना, मेलुङ गाउँपालिकाका २ हजार ८ सय ६३ जना, तामाकोशीका १ हजार ८ सय ४२ जना र वैतेश्वरका २ हजार ६ सय ३९ जनाले बुस्टर डोज लगाउन बाँकी रहेको छ ।

जिल्लामा हालसम्मको अवधिमा १८ वर्ष माथि उमेर समुहका ९८ हजार ९ सय १२ जनाले कोभिड विरुद्धको पहिलो डोज खोप लगाएका छन् भने ९७ हजार ७ सय ७७ जनाले दोस्रो मात्रा खोप लगाएका छन् । सो तथ्यांकअनुुसार पहिलो मात्रा खोप लगाएका १ हजार १ सय ३५ जनाले कोभिड विरुद्धको दोस्रो मात्रा खोप लगाउन बाँकी छ । यसैगरी, १२ वर्षदेखि १७ वर्ष उमेर समुहका १२ हजार १ सय ४४ जनाले मोर्डना र फाइजर खोपको बुस्टर डोज लगाएका छन् । जसमध्ये ११ हजार ८ सय ९६ जनाले मोर्डना र २ सय ४८ जनाले फाइजर खोपको बुस्टर डोज लगाएका हुन् । अझै ६ हजार ९ सय ६९ जनाले मोर्डना र २ सय ३५ जनाले फाइजर खोपको बुस्टर डोज लगाउन बाँकी रहेको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।