images
images

जिरी नगरपालिकाका सवै सामुदायिक विधालयका विध्यार्थीलाई दिवा खाजा

जिरी (दोलखा) । दोलखाको जिरी नगरपालिकामा यो वर्षदेखि बाल कक्षादेखि कक्षा १० सम्मकै विद्यार्थीहरुलाई दिवा खाजाको व्यवस्था गरिएकोे छ ।

नगरपालिकाभित्रका सामुदायिक विद्यालयका शिक्षक र कक्षा १ देखि १० सम्म अध्ययन गर्ने विद्यार्थीलाई यो वर्षदेखि दिवा खाजाको व्यवस्था गरिएको हो । विगतदेखिनै सरकारले कक्षा ६ सम्मका विद्यार्थीहरुलाई दिवा खाजा दिँदै आएको जिरी नगरपालिकामा, नगरपालिका र कल्र्स ओभर रिजेज नामक संस्थाको सहयोगमा ९ वटा विद्यालयका कक्षा ७ देखि १० सम्म अध्यययनरत विद्यार्थीलाई पनि खाजाको व्यवस्था गरिएको हो । जसमा ५ वटा मावि र तीन वटा आधारभुत विद्यालयका विद्यार्थी र शिक्षकहरुलाई दिवा खाजाको व्यवस्था गरिएको छ । साउन १५ गतेदेखि जिरी नगरपालिका र कल्र्स ओभर रिजेज नामक सँस्थाको सहयोगमा जिरीका माध्यमिक र आधारभुत विद्यालयमा अध्ययरत विद्यार्थीहरुलाई दिवा खाजाको व्यवस्था गरिएको जिरी नगरपालिकाका शिक्षा शाखा प्रमुख लक्ष्मीप्रसाद रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार जिरी मावि, ढुंगेश्वरी मावि, गर्जाङ ढुंगा मावि, बौद्ध भुवेश्वरी मावि, कालिका मावि र ठुलोपातल मावि तथा कालिदेवी आधारभुत विद्यालय, धनमाले आधारभुत विद्यालय र देउराली आधारभुत विद्यालयमा अध्ययरत विद्यार्थीहरु र शिक्षकहरुलाई दिवा खाजाको व्यवस्था गरिएको छ ।

दोलखाको जिरी नगरपालिकामा यो वर्षदेखि बाल कक्षादेखि कक्षा १० सम्मकै विद्यार्थीहरुलाई दिवा खाजाको व्यवस्था गरिएकोे छ । विगतदेखिनै सरकारले कक्षा ६ सम्मका विद्यार्थीहरुलाई दिवा खाजा दिँदै आएको जिरी नगरपालिकामा, नगरपालिका र कल्र्स ओभर रिजेज नामक संस्थाको सहयोगमा ९ वटा विद्यालयका कक्षा ७ देखि १० सम्म अध्यययनरत विद्यार्थीलाई पनि खाजाको व्यवस्था गरिएको हो । दिवा खाजाका लागि विद्यार्थी र नगरपालिकाले दैनिक ५/५ रुपैयाँ तथा संस्थाले २० रुपैयाँ रकम व्यहोर्ने नगरपालिकाको शिक्षा शाखाले जनाएको छ ।

यसअघि बालबालिकाको सर्वाङ्गीण विकासका लागि नेपाल सरकारले बाल कक्षादेखि कक्षा ५ सम्मका विद्यार्थीलाई दिवा खाजा कार्यक्रम सञ्चालन गरिरहेको थियो । सरकारले चालु आर्थिक वर्ष २०७९/८० देखि सामुदायिक विद्यालयमा अध्ययन गर्ने कक्षा ६ सम्मका विद्यार्थीलाई पनि दिवा खाजा उपलब्ध गराएपछि कक्षा ७ देखि कक्षा १० सम्मका विद्यार्थीहरुलाई भने जिरी नगरपालिका र कल्र्स ओभर रिजेज नामक संस्थाले दिवा खाजाको व्यवस्था गरेको होे । दिवा खाजाका लागि विद्यार्थी र नगरपालिकाले दैनिक ५/५ रुपैयाँ तथा संस्थाले २० रुपैयाँ रकम व्यहोर्ने नगरपालिकाको शिक्षा शाखाले जनाएको छ ।

कल्र्स ओभर रिजेज नामक संस्थाले जिरी नगरपालिकाभित्रको शिक्षा क्षेत्रमा विगतदेखिनै सहयोग गर्दै आएको छ । यसअघि पनि जिरी नगरपालिकामा दुई वटा स्कुल बस खरिदमा आर्थिक सहयोग गर्नुका साथै पुस्तकालय सञ्चालन तथा व्यवस्थापन, विभिन्न विद्यालयमा शैक्षिक समाग्री वितरण लगायतका कार्य गर्दै आएको छ ।