काठमाडौं । बेरोजगार युवायुवतीहरुलाई बेलायत पठाइदिन्छु भनी ठगी गरेको आरोपमा सिन्धुलीका एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सिन्धुलीको फिक्कल गाउँपालिका–३ घर भई हाल काठमाडौंको शान्तिनगर बस्दै आएका ३३ वर्षीय रवि क्षेत्री रहेका छन् । उनले पीडितबाट ५ लाख २० हजार रकम लिएर सम्पर्कविहीन भएका थिए । क्षेत्रीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले साउन २८ गते तिनकुनेबाट नियन्त्रणमा लिएको थियो ।
उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।