images
images

कालिञ्चोकमा खोलाले बगाउँदा एक पुरुषको मृत्यु

  • २८ भाद्र २०७९, मंगलवार ०७:०५

जिरी (दोलखा) । दोलखाको कालिञ्चोक गाउँपालिकामा खोलाले बगाएर एक पुरुषको मृत्यु भएको छ ।

खोलाले बगाएर कालिञ्चोक गाउँपालिका वडा नम्बर १ बल्टाङका ५७ वर्षीय छत्रबहादुर मगरको मृत्यु भएको हो । कालिञ्चोक १ स्थित झरेनी होङ होङ खोलाले बगाउँदा मगरको मृत्यु भएको कालिञ्चोक गाउँपालिका १ का वडाध्यक्ष पदमबहादुर थामीले जानकारी दिनुभयो । हिजो बिहान करिब ७ बजे कसैलाई नभनी घरबाट निस्किएका मगर बेलुकी सम्म पनि घर नफिर्किएपछि खोजी कार्य गरिएको थियो ।

घरदेखि करिब ५ किलोमिटर टाढा खोलाले बगाएरको अवस्थामा उनको शव फेला परेको दोलखाका प्रहरी निरिक्षक राजेश सिग्देलले जानकारी दिनुभयो । उनको शव पोष्टमार्टमको लागि पशुपति चौँलागाई स्मृति अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।