सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाका एक पुरुष चोरी मुद्धामा फरार रहेको तीन वर्षपछि पक्राउ परेका छन् ।
मेलम्ची नगरपालिका वडा नम्बर ७ का ३७ वर्षिय लाल बहादुर वाइबा भनिने जयबहादुर वाइवालाई प्रहरीले चोरी मुद्धामा फरार रहेको तीन वर्षपछि आज पक्राउ गरेको हो । सिन्धुपाल्चोक जिल्ला अदालतले २०७६ साल असार १५ गते बाइवालाई चोरी मुद्धामा एक महिना कैद र ८ लाख ८३ हजार ३ सय ९६ रुपैँया जरिवाना तथा वहुविवाह मुद्धामा एक वर्ष कैद र ५ हजार जरिवानाको फैसला सुनाएको थियो । त्यस लगत्तै फरार रहेका उनलाई प्रहरीले हिजो पक्राउ गरेको हो । पक्राउ परेका उनलाई कैद सजाय र जरिवाना असुलका लागि कारागार चलान गरिएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।










