images
images

तामाङ र नेवारी भाषालाई कामकाजको भाषा बनाउन बागमती प्रदेशको प्रक्रिया सुरु

  • २८ भाद्र २०७९, मंगलवार ११:२४

हेटौंडा । बागमती प्रदेश सरकारले प्रदेशभित्र बोलिने तमाङ र नेवारी भाषालाई कामकाजको भाषा बनाउन प्रक्रिया थालेको छ ।

तमाङ र नेवारी भाषालाई कामकाजको भाषा बनाउन सरकारले प्रदेशका सचिवको नेतृत्वमा समिती गठन गरेको हो । समितीको सदस्यहरुमा सामाजिक विकास मन्त्रालयका सचिव, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव एवम् आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव रहेको प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले जानकारी दिनुभयो । समितीले अध्ययन गरेर उपलब्ध गराउने प्रतिवेदनका आधारमा आवश्यक ऐन निर्माण गरेर कामकाजको भाषा लागु गरिने उहाँले बताउनुभयो ।