काठमाडौं । नेपाल प्रहरीले एकैपटक ३२० जना इन्सपेक्टर र असई माग गरेको छ ।
प्रहरी प्रधान कार्यालय मानवस्रोत विभाग, वृत्ति विकास महाशाखा, भर्ना छनोट शाखाले भर्नाका लागि दर्खास्त आह्वान गरेको हो । नेपाल प्रहरीले प्रहरी निरीक्षक(इन्सपेक्टर) र सहायक निरीक्षक (असई) ३२० जना माग गरेको छ । जसअनुसार ६४ जना प्रहरी निरीक्षक र २५६ जना सहायक निरीक्षक माग गरिएको छ ।
अमररअशक्त प्रहरी परिवार, महिला, आदिवासी जनजाती, मधेशी, दलित, पिछडिएको क्षेत्रका लागि कोटा छुट्याइएको छ । दरखास्त दिने म्याद यही भदौ ३० गतेदेखि आगामी असोज ३० गतेसम्म रहेको छ ।