images
images

‘हिंसा’ शब्द रेकर्डबाट नहटाएसम्म संसदमा अवरोध कायम राख्ने माओवादी केन्द्रको निर्णय

  • २८ भाद्र २०८१, शुक्रबार १७:०३

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले हिंसा शब्द रेकर्डबाट नहटाएसम्म संसदमा अवरोध कायम राख्ने निश्कर्ष निकालेको छ ।

पार्टी संसदीय दलको आज सिंहदरबारमा बसेको बैठकले सो शब्दबारे सच्चिएर निर्णय नभएसम्मा संसदमा अवरोध जारी राख्ने निश्कर्ष निकालेको हो । माओवादी केन्द्रले जनयुद्धमाथि संघीय संसदमा अपमानित गर्ने प्रयास भएको निश्कर्ष निकाल्दै त्यसको सशक्त प्रतिवाद गर्ने निर्णय गरेको छ । बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति सम्झौताको अपमान गर्नेगरि हिंसा शब्दको प्रयोग भएकाले अवरोधलाई निरन्तरता दिने बताउनुभयो । एमाले सचिव योगेश भट्टराईको अभिव्यक्तिले माओवादी जनयुद्ध, शान्ति सम्झौता र संविधानलाई अपमान गरेको माओवादीको निश्कर्ष छ ।

प्रतिनिधिसभाको भदौ १२ गतेको बैठकमा एमाले सांसद भट्टराईले जनयुद्धलाई हिंसा भनेपछि माओवादीले नियमापत्ति गरेको थियो । माओवादीको विरोधपछि सभामुख देवराज घिमिरेले संसद सचिवालयलाई छानविन गर्न निर्देशन दिएसँगै त्यसदिनको अवरोध हटेको थियो । तर, बुधबार बसेको बैठकमा सभामुख घिमिरेले संसदको रेकर्डबाट हटाउनु नपर्ने निर्णय सुनाएपछि माओवादीले पुनः संसदमा अवरोध गरेको थियो ।

सोही विषयमा माओवादीले आज संसदीय दलको बैठकमा छलफल गर्दै निर्णय सच्चिएर नआएसम्म अवरोधलाई निरन्तरता दिने निर्णय गरेको हो ।