images
images

कस्तो छ नेकपा एमालेको १८ बुँदे वार्षिक कार्ययोजना ?

  • २८ भाद्र २०८१, शुक्रबार १७:५४

काठमाडौँ । नेकपा एमालेले १८ बुँदे वार्षिक कार्ययोजना पारित गरेको छ ।

पार्टी केन्द्रीय सचिवालयको आज बसेको बैठकले महासचिव शंकर पोखरेलले प्रस्ताव गरेको कार्ययोजना पारित गरेको हो । जसमा जिल्ला कमिटीको अधिवेशनहरु कात्तिकभित्र गरिसक्ने उल्लेख छ । पार्टीमा आएका नेताहरुलाई ३ महिनाभित्र जिम्मेवारी दिने, हरेक सदस्यले वर्षमा एक पटक पार्टी स्कुलमा सहभागी हुनुपर्ने पनि कार्ययोजनामा उल्लेख छ । २०८४ को चुनावमा बहुमतसहित राष्ट्रिय शक्ति बन्ने लक्ष्य दिएको एमालेले ४० वर्ष मुनिका युवाहरुकको युथ समिट गर्ने निर्णय समेत गरेको छ ।

सदस्यता नवीकरण, विस्तार र अभिलेखीकरण, पार्टी कार्यालयहरूको प्रभावकारी व्यवस्थपन गर्ने, पार्टी प्रचारको परम्परागत ढाँचामा सोसल मिडिया अनिवार्य जोड्ने, हरेक कमिटीले वार्षिक बजेट तयार पार्ने, पार्टीको आफ्नै केन्द्रीय कार्यालय भवन निर्माण गर्ने, नियमित रिपोर्टिङ प्रणाली व्यवस्थित गर्ने लगाएतका विषय कार्ययोजनामा समेटिएको छ ।