images
images

प्राकृतिक विपद्का घटनामा परी २ सय बढीको मृत्यु

  • २७ आश्विन २०७९, बिहीबार ०८:३९

काठमाडौं । नेपालमा प्राकृतिक विपद्का घटनामा परी २ सय बढीको मृत्यु भएको छ ।

६ महिनाको अवधिमा विपद्का घटनामा वरी २ सय ७९ जनाको मृत्यु भएको हो । ति घटनामा परी ५ सय ९५ जनाको घाइते भएका छन् । बाढी÷पहिरो तथा चट्याङबाट मात्रै १ सय ८८ जनाको मृत्यु भने छ भने पहिरोमा पुरिएर ३७ जना बेपत्ता भएको राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । मानविय क्रियाकलाप, जलवायु परिवर्तन लगायतका कारणले प्राकृतिक प्रकोपको जोखिम अझ बढ्दो छ । नेपालमा बाढी पहिरो तथा भुकम्पको जोखिम उच्च रहेको छ ।