images
images

आसन्न निर्वाचनमा माओवादीका २० जना सांसद उम्मेदवार

  • २७ आश्विन २०७९, बिहीबार १०:१५

काठमाडौं । नेकपा माओवादी केन्द्रका २० जना सांसद चुनावी मैदान उत्रिएका छन् ।

माओवादीका ५३ सांसद मध्ये आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा २० जना सांसद उममेदवार भएका हुन् । २०७४ सालको निर्वाचनमा प्रत्यक्षतर्फ ३७ र समानुपातिक तर्फ १६ जना गरी माओवादी केन्द्रका ५३ जना सांसद प्रतिनिधिसभामा रहेका छन् । तत्काल नेपाल कम्युनिष्ट पार्टी नेकपा विभाजन हुदाँ माओवादीका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी एमालेतिर प्रवेश गरेपछि माओवादीको सिटमा ४९ मा घटेको थियो । ४९ सांसदमध्ये १९ जना प्रतिनिधिसभाको चुनावी मैदानमा छन् भने रामेश्वर राय यादव समानुपातिक बन्दसुचप्ी समावेश भएका छन् । पुर्व सभामुख अग्निप्रसाद सापकोटासहित नेकपा माओवादी केन्द्रका प्रभावशाली नेताहरु सांसदको भुमिकाबाट बाहिरिँदैछन् ।