images
images

दोलखाका ४१ मतदान स्थल अति संवेदनशील, थप प्रहरी बल आइपुग्यो

  • २७ आश्विन २०७९, बिहीबार ११:४२

दोलखा । दोलखाका ४१ वटा मतदान स्थल अति संवेदनशिल सूचीमा परेका छन् ।

जिल्ला सुरक्षा समितीको सिफारिसमा केन्द्रिय सुरक्षा समितिले दोलखाका ४१ वटा मतदान स्थललाई अति सँवेदनशिल सूचीमा राखेको हो । दोलखामा विगतमा भएका निर्वाचन र स्थानीय तहको पछिल्लो निर्वाचनलाई समिक्षा गर्दै केन्द्रिय सुरक्षा समितिले ४१ वटा मतदान स्थललाई अति सँवेदनशिल र ३७ वटा मतदान स्थललाई सँवेदनशिल सूचिमा राखेको छ । स्थानीय तहको निर्वाचनमा दोलखामा ज्यानै जाने र दर्जनौं घाईते हुनेगरी भएको घटनालाई दृष्टिगत गरी केन्द्रिय सुरक्षा समितिले नैं यस्तो ठहर गरेको हो ।

केन्द्रिय सुरक्षा समितिले अति सँवेदनशिल मतदान स्थलको सूचिमा राखेको मतदान स्थलहरुको नाम जिल्ला सुरक्षा समितिले सार्वजनिक गरेको छैन । यद्धपि, जिल्लाको गैरीमुदी, जुँगू, मिर्गे, सुरी, चँखु, मार्वु, डाडाखर्क, जफे र झुले लगायतका स्थानका मतदान स्थललाई अति सँवेदनशिल सूचिमा राखिएको स्रोतले बताएको छ । सुरक्षा निकायले दोलखाका ९४ वटा मतदान स्थल मध्ये ३७ वटा मतदानस्थलाई संवेदनशील सूचीमा राखेको छ भने १६ वटा मतदानस्थललार्ई सामान्य ठानेको छ ।

आसन्न निर्वाचनमा पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा शसस्त्र प्रहरी र तेश्रो घेरामा नेपाली सेना रहने भन्दै स्वतन्त्रतापूर्वक मतदान गर्न पाउने दोलखालीको अधिकारलाई सुरक्षित गरिने स्थानिय प्रशासनले जनाएको छ । दोलखाका प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक (डिएसपी) गंगा प्रसाद पौडेलले निर्वाचनमा जिल्लाको शान्ति सुरक्षामा कुनै कमी हुन नदिने बताउनुभयो ।

उहाँका अनुसार सामान्य मतदान स्थलमा कम्तिमा १५ देखि सँवेदनशिल स्थलमा अधिकतम १८ जना प्रहरी परिचालन हुनेछ भने ति स्थानमा प्रहरीले निर्वाचन अगाडीदेखि नै विशेष निगरानी गर्नेछ । निर्वाचनका लागि दोलखामा मात्रै १ सय ५० थप प्रहरी जवान आइसकेका छन् । प्रत्येक गाउँपालिकामा र नगरपालिकामा मोवाईल गस्ति टोली रहने छन् ।

आवरण तस्विरः स्थानीय तह निर्वाचनमा दोलखाको बैतेश्वर गाउँपालिका वडा नम्बर ३ मिर्गेमा भएको झडप