images
images

काठमाडौंमा खुकुरी प्रहार गरेको आरोपमा दोलखाका तीन पुरुष पक्राउ

  • २७ आश्विन २०७९, बिहीबार १३:४१

काठमाडौँ । काठमाडौँको दरबारमार्गमा प्लाटिनम क्लबका दुईजना बाउन्सरमाथि खुकुरी प्रहार गरेको आरोपमा दोलखाका तीन सहित सात जना पक्राउ परेका छन् ।

प्रहरीले मंगलबार बिहान करिब ४ बजे क्लबको ड्युटी सकेर फर्किएका बाउन्सरलाई खुकुरी प्रहार गरेको आरोपमा दोलखाको शैलुङ गाउँपालिका २ घर भएका विनोद तामाङ र जीवन तामाङ र दोलखाकै प्रदिप लामा सहित सात जनालाई पक्राउ गरेको हो । डिउटी सकेर डेरा जाँदै गरेका बाउन्सर नितेश राई र छिरिङ लामालाई ४ वटा मोटरसाइकलमा सवार ८ जनाले खुकुरी प्रहार गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतले बताएका छन् । रामेछाप घर भएर रामहिटी बस्ने विकाश श्रेष्ठ समेतको टिमले असोज २५ गते बिहानदेखि बाउन्सरलाई फलो गरेका थिए ।

यस्तै, जिल्ला प्रहरी परिसर काठमाडौंले रामेछाप घर भएका विकास श्रेष्ठ, सिन्धुपाल्चोक शिखरपुरका राजेन्द्र कार्की, काभ्रेपलाञ्चोकका जितेन लामा र सिन्धुपाल्चोकको बाह्रबिसे घर भएका दावादोर्जे शेर्पा उर्फ च्याङ्बालाई पनि पक्राउ गरेको छ । खुकुरी प्रहार गर्ने ग्याल्जेन लामा अझै फरार छन् । पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।