काठमाडौं । नेपाली कांग्रेसले विद्रोही उम्मेदवारहरुलाई आफ्नो उम्मेदवारी निष्क्रिय पार्न आग्रह गरेको छ ।
पार्टीको निर्णयविपरीत बागी उम्मेदवारी दिएका उम्मेदवारहरुले उम्मेदवारी निश्क्रिय पारे उनीहरुमाथिको कारबाही फिर्ता लिने कांग्रेसले जनाएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभामा पार्टी तथा गठबन्धनको निर्णयविपरीत बागी उम्मेदवारी दिने नेताहरुलाई कांग्रेसले कारबाहीबाट बच्ने पुनः एक मौका दिएको हो । तोकिएको मिती र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएका विद्रोही उम्मेदवारले असोज ३१ गतेभित्र वक्तव्य जारी गरी उम्मेदवारी निश्क्रिय गराएमा कारबाही फुकुवा हुने भएको छ ।
यसअघि कांग्रेसले हिजो गठबन्धन दलहरुबिच सहमति भएर बनेका आधिकारिक उम्मेदवार विरुद्ध विद्रोही उम्मेदवारलाई ५ वर्षका लागि निष्कासन गर्ने निर्णय गरेको थियो ।










