images
images

भक्तपुरमा कार र मोटरसाइकल ठोक्किँदा काभ्रेपलाञ्चोकका एक पुरुषको मृत्यु

  • २७ कार्तिक २०७९, आईतवार ०८:१६

भक्तपुर । भक्तपुरमा कार र मोटरसाइकल एक आपासमा ठोक्किँदा काभ्रेपलाञ्चोकका एक पुरुषको मृत्यु भएको छ ।

भक्तपुरको सल्लाघारीमा मोटरसाइकल र कार ठोक्किँदा काभ्रेको पाँचखाल नगरपालिकाका सन्दीप बस्नेतको मृत्यु भएको हो । हिजो बेलुकी कोटेश्वरबाट सल्लाघारीतर्फ जाँदै गरेको बा ६ च ८१५ नम्बरको कार र भक्तपुरबाट फर्किदै गरेको बा २८ प ७३९२ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा बस्नेत गम्भीर घाइते भएका थिए ।

उनको उपचारका क्रममा इवामुरा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिनुभयो ।