images
images

दुई विदेशी बिरामी पर्यटकको गौरीशंकरको जाबोकबाट उद्दार

  • २७ कार्तिक २०७९, आईतवार १०:४०

जिरी (दोलखा) । दोलखाको गौरीशंकर गाउँपालिकाबाट दुई जना विदेशी पर्यटकको उद्धार गरिएको छ ।

पर्यटन विभागबाट अनुमति लिएर दोलखाको पर्यटकीय क्षेत्र भ्रमणमा आएका दुई अष्ट्रियन नागरिक बिरामी भएपछि उद्धार गरिएको हो । जिल्ला प्रशासन कार्यालय दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी दिपक कोइरालाले गौरीशंकर गाउँपालिकाको जाबोकबाट अष्ट्रियाका जोसेफ र उल्फ तथा नेपाली गाइड फुर्वा तेज्जिङ शेर्पाको हिजो उद्धार गरिएको जानकारी दिनुभयोे । जिल्ला प्रशासन कार्यालयले सिफारिस दिएपछि उनीहरुलाई हेलिकोप्टर मार्फत उद्धार गरी काठमाडौं लगिएको हो ।

ट्रेकिङ हिडेका पर्यटक बिरामी भएपछि उनीहरुसँगै गाइड पनि फर्किएका हुन् । यद्धपी ती नागरिकहरु कुन–कुन स्थानको भ्रमणका लागि परमिट लिएर दोलखा आइपुगेका हुन् भन्नेबारे खुलेकोे छैन ।