images
images

नेपालले पहिलो पटक विश्वकप क्रिकेट प्रतियोगिताको आयोजना गर्ने

  • २७ कार्तिक २०७९, आईतवार १२:०६

काठमाडौँ । सन् २०२७ को यु–१९ महिला विश्वकप क्रिकेट प्रतियोगीता नेपालमा हुने भएको छ ।

अन्तराष्ट्रिय क्रिकेट परिषद आइसिसिले सन् २०२७ मा हुने यु–१९ महिला विश्वकपमा नेपाललाई सहआयोजक बनाएको हो । आइसिसिको बोर्ड बैठकले बंगलादेश, श्रीलंका, मलेसिया, थाइल्याण्ड, जिम्बावे र नामिवियालाई सन् २०२४ देखि २०२७ सम्ममा आइसिसि यु–१९ प्रतियोगीताको जिम्मा दिने निर्णय गरेको छ । आइसिसिले २०२७ मा नेपाल र बंगलादेशलाई संयुक्त रुपमा यु–१९ महिला विश्वकप आयोजनाको अवसर दिएको हो ।

जसअनुसार सन् २०२७ को युु–१९ महिला विश्वकप नेपाल र बंगलादेशमा हुनेछ । त्यसअघि सन् २०२५ को प्रतियोगीता भने मलेसिया र थाइल्याण्डले आयोजना गर्नेछन् । सन् २०२४ को यु–१९ क्रिकेट विश्वकप श्रीलंकामा र २०२६ को प्रतियोगीता जिम्बावे र नामिबियामा आयोजना हुनेछ । यु–१९ महिला विश्वकप आयोजनाको अधिकार पाएको नेपालको महिला टिमले अहिलेसम्म विश्वकप खेलेको छैन ।