images
images

दोलखामा मंसिर ६ गतेसम्म मादक पदार्थ विक्रीवितरण र ओसारपसारमा रोक

  • २७ कार्तिक २०७९, आईतवार १५:५१

जिरी (दोलखा) । दोलखामा मंसिर ६ गतेसम्म मादक पदार्थ विक्रीवितरण र ओसारपसारमा रोक लगाइएको छ ।

स्थानीय प्रशासनले निर्वाचनको बेला शान्ति शुरक्षा भंग हुन नदिन आज मध्यरातीदेखि मंसिर ६ गतेसम्मलाई जिल्लाको सम्पूर्ण भागलाई माधक पदार्थ निषेधित क्षेत्र घोषणा गरेको हो । जिल्ला प्रशासन कार्यालयले आज सुचना जारी गरी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ को खण्ड (क) बमोजिम जिल्लाको सम्पूर्ण भागलाई माधक पदार्थ निशेधित क्षेत्र घोषणा गरेको जानकारी गराएको छ । साथै होटल व्यवसायहरु पनि बेलुकी ८ बजे सम्म मात्रै सञ्चालन गर्न पाइने छ ।

तोकिएको अवधिमा कसैले आदेश उल्लंघन गरेको पाइएमा कानुन बमोजिम कारवाही हुने प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाले जानकारी दिनुभयो ।