images
images

निर्वाचनका लागि पाँच दिन मात्रै प्रचारप्रसार गर्न पाईने

  • २७ कार्तिक २०७९, आईतवार १६:५२

काठमाडौं । आसन्न निर्वाचनका लागि अब ५ दिनमात्रै चुनावी प्रचारप्रसार गर्न पाईने भएको छ ।

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि राजनितिक दल र उम्मेदवारले अब ५ दिन मात्रै प्रचारप्रसार गर्न पाउने भएका हुन् । कात्तिक १७ गतेदेखि मंसिर १ गतेसम्म निर्वाचन प्रचारप्रसारका लागि समय तोकिएको थियो । मंसिर १ गते रातिदेखि प्रचारप्रसार निषेधको समय भएकाले त्यतिबेला प्रचारप्रसार गरेमा कानुनी कारवार्ही हुने व्यवस्था छ ।

यसैबीच, प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन प्रचारप्रसारमा हेलिकप्टर प्रयोगको विषयलाई लिएर गृह मन्त्रालय संवेदनशील बन्नुपर्ने बताउनुभएको छ । आयोगमा आज आयोजित छलफलमा प्रमुख निर्वाचन आयुक्त थपलियाले यस्तो बताउनुभएको हो । उहाँले निर्वाचनको प्रचार गर्न विरामी भएको नाटक गर्ने गरेको र हेलिकप्टरको प्रयोग भएको उजुरी आउने गरेकाले त्यसतर्फ संवेदनशील बनेर काम गर्न गृह मन्त्रालयलाई निर्देशन दिनुभयो ।