images
images

जिरीको चेप्टेमा स्कुटर दुर्घटना हुँदा एक महिला गम्भीर घाइते

  • २७ कार्तिक २०७९, आईतवार १७:१७

जिरी (दोलखा) । दोलखाको जिरी नगरपालिकामा स्कुटर दुर्घटना हुँदा एक महिला गम्भीर घाइते भएकी छन् ।

जिरी नगरपालिका ६ स्थित चेप्टेमा स्कुटर दुर्घटना हुँदा सोही स्थानकी अन्दाजी ३५ वर्षीया मिठी माया जिरेल गम्भीर घाइते भएकी हुन् । आज अपरान्ह करिब साँढे ४ बजे जिरी नगरपालिकाबाट चेप्टे जाने क्रममा स्कुटर अनियन्त्रित भएर दुर्घटना हुँदा उनी गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय जिरीका प्रहरी निरिक्षक  विष्णु बहादुर बस्नेतले जानकारी दिनुभयो ।

घाइते जिरेलको टाउँकोमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ । उनलाई घटनास्थलबाट उद्धार गरी उपचारका लागि जिरी अस्पताल लगिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार स्कुटर सडकबाट करिब २ सय मिटर तल खसेको थियो ।