काठमाण्डौँ । सरकारले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको हो । सामाजिक सञ्जालको रुपमा प्रयोग भइरहेको टिकटकका माध्यमबाट सामाजिक सदभाव् एवम् सामाजिक वातावरणमा नकारात्मक असर परिरहेकोले सरकारले नेपालमा टिकटकको प्रयोगमा तत्काल रोक लगाउने निर्णय गरेको सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।
सामाजिक संञ्जाल टिकटकमा पछिल्लो समय सामाजिक सदभाव् खल्बलिने गतिविधिहरु बढ्दै गएपछि सरकार टिकटक प्रतिबन्ध गर्ने निर्णयमा पुगेको हो । मन्त्री शर्माले इन्टरनेट सेवा प्रदायकलाई आजै पत्राचार गर्ने र टिकटक तत्कालै बन्द गरिने बताउनुभयो ।










