images
images

काभ्रेमा बस दुर्घटना, १३ जनाको मृत्यु

  • २७ मंसिर २०७९, मंगलवार २०:३१

काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकामा बस दुर्घटना हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ ।

बेथानथोक ५ च्याल्टीमा ब्रतबन्धनमा सहभागी भएर पनौती नगरपालिका–४ सल्ले फर्किदै गरेको बा ३ ख ४३८५ नम्बरको बस बेथानचोक गाउँपालिका –४ चलाल गणेशस्थानमा दुर्घटनामा परेको हो । दुर्घटनामा १३ जनाको मृत्यु र २० जना गम्भीर घाइते भएको काभ्रेका एसपी चक्रराज जोशीले जानकारी दिनुभयो । प्रहरीका अनुसार घाइतेलाई उद्दार गरी उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ ।