images
images

काभ्रेको बेथानचोकमा बस दुर्घटनामा मृत्यु हुनेको संख्या १७ पुग्यो

  • २७ मंसिर २०७९, मंगलवार २१:००

काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकामा बस दुर्घटनामा परि मृत्यु हुनेको संख्या १७ पुगेको छ ।

घटनास्थल, शीर मेमोरियल अस्पताल र धुलिखेल अस्पतालमा गरी हालसम्म १७ जनाको मृत्यु भएको हो । काभ्रेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले १७ जनाको मृत्यु भएको भन्दै उनीहरुको परिचय खुल्न भने बाँकी रहेको जानकारी दिनुभयो । बनेपा नगरपालिका–११ बाट ब्रतबन्धका लागि बेथानचोक गाउँपालिका–५, च्याल्टी पुगेर फर्किँदै गरेको बा ३ ख ४३८५ नम्बरको रिजर्भ बस आज साँझ दुर्घटनामा परेको हो । दुर्घटनाको कारण खुलेको छैन । घटनास्थलबाट नेपाल प्रहरी र नेपाली सेनाको टोलीले उद्धार कार्य जारी राखेको प्रजिअ पाण्डेले बताउनुभयो ।

प्रहरीका अनुसार घाइतेमध्ये धुलिखेल अस्पतालमा ८ जनाको र बाँकी शीर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ। मृतक संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।