images
images

भिजिट भिसामा मानव तस्करी गर्ने विरुद्ध प्रहरीको विशेष अप्रेसन, २१ जना पक्राउ

  • २७ मंसिर २०८०, बुधबार ०६:४६

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले विशेष अप्रेसन मार्फत मानव तस्करीमा संलग्न २१ जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ ।

नक्कली कागजात प्रयोग गरी भिजिट भिसामा खाडी मुलुक लगायतका द्धन्द्धग्रस्त मुलुकमा पु¥याएर नेपाली नागरिकलाई अलपत्र पारेको घटना सार्वजनिक भएपछि प्रहरीले मानव तस्करी विरुद्ध विशेष अप्रेसन सुरु गरेको हो । अप्रेसनका क्रममा प्रहरीले भिजिट भिसामा विदेश जाने नेपालीले प्रयोग गरेका कागजात अनुसन्धान गर्ने क्रममा फर्जी कागजपत्र बनाउने काठमाडौंका ६ वटा ट्राभल एजेन्सीका सञ्चालकलाई पक्राउ गरेको छ । उनीहरुले भिजिट भिसामा जाने यात्रुको भिसा र अन्य कागजपत्र नक्कली तयार गरी अध्यागमनका कर्मचारीको मिलेमतोमा विदेश पठाउने गरेको अनुसन्धानबाट खुलेको छ ।

नक्कली कागजपत्र मार्फत भिजिट भिसामा विदेश पठाउने गिरोहसँग मिलेमतो गरेको आरोपमा प्रहरीले नेपाल वायु सेवा निगममा कार्यरत अधिकृत होमनाथ पोखरेललाई पनि पक्राउ गरेको छ । अपराध अनुसन्धान कार्यालयका प्रहरी नायव उपरिक्षक गोविन्द पन्थी नेतृत्वको प्रहरी टोलीले यस प्रकरणमा संलग्न भएको आरोपमा हालसम्म २१ जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।