images
images

लोकसेवा आयोगले माग्यो २७३ जना कर्मचारी (विवरण सहित)

  • २७ मंसिर २०८०, बुधबार ०९:००

काठमाडौं । लोकसेवा आयोगले राजपत्रांकित तृतीय श्रेणी पदका लागि २ सय ७३ जना कर्मचारी माग गरेको छ ।

आयोगले आज सूचना जारी गर्दै न्याय, परराष्ट्र र मानवअधिकार सेवातर्फ खुला तथा समावेशी पद्धतीबाट पदपूर्ति गर्नेगरी २ सय ७३ जना कर्मचारी माग गरेको हो । न्याय सेवातर्फ ६८ जना, परराष्ट्र, प्रशासन र लेखापरीक्षणतर्फ २ सय ३ जना र मानवअधिकार सेवातर्फ २ जना कर्मचारी माग गरिएको छ । योग्यता पुगेका इच्छुक नेपाली नागरिकले पुस १७ गतेसम्म आवेदन दिन पाउनेछन् ।