images
images

काभ्रेपलाञ्चोकको पाँचखालमा मोटरसाइकल दुर्घटना, दुई जना गम्भिर घाईते

  • २७ मंसिर २०८०, बुधबार ११:१७

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा दुई जना गम्भिर घाईते भएका छन् ।

दुर्घटनामा परी मोटरसाइकल चालक पाँचखाल नगरपालिका–६ का २४ वर्षिय पर्शुराम गौतम र बनेपा नगरपालिका–२ का बुद्धि सागर घिमिरे गम्भिर घाईते भएका हुन् । पाँचखालबाट धुलिखेलतर्फ आउँदै गरेको बा २५ प ७२८५ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी गम्भिर घाईते भएका दुवै जनालाई उपचारका लागि धुलिखेल अस्पतालमा पठाइएको छ ।