images
images

नेपाल पत्रकार महासंघ दोलखा शाखाका नवनिर्वाचित पदाधिकारीको सपथ

दोलखा । नेपाल पत्रकार महासंघ दोलखा शाखाका नवननिर्वाचित कार्यसमितिले सपथ ग्रहण गरेका छन् ।

सर्वसम्मत नेतृत्व चयन भएको दोलखाका नवनिर्वाचित अध्यक्ष सहितका कार्यसमितिले आज सपथ लिएका हुन् । नवानिर्वाचित कार्यसमितिलाई निर्वाचन समितिका संयोजक बाबुराम शर्माले शपथ ग्रहण गराउनुभएको हो । दोलखामा मनोनय दर्ताका क्रममा सबै पदमा एकल उम्मेदवारी परेपछि सर्वसम्मत नयाँ नेतृत्व चयन भएको थियो । जसअनुसार अध्यक्षमा प्रभु जिरेल, खुला उपाध्यक्षमा नविनकुमार खतिवडा, महिला उपाध्यक्षमा बिनिता भण्डारी, सचिबमा सुजन काफ्ले, कोषाध्यक्षमा सिर्जना गोले, खुल्ला सहसचिवमा सुबास बस्नेत र समावेशी सह सचिवमा गोविन्द थामी सर्वसम्मत निर्वाचित भएका हुन् ।

१५ सदस्यीय जिल्ला कार्यसमिति तथा केन्द्रीय परिषद सदस्य र प्रदेश परिषद सदस्य सर्वसम्मत चएन भएपछि आज महासँघको केन्द्रीय र प्रदेश कार्यसमितिको मतदान सम्पन्न भएलगत्तै दोलखाका नवनिर्वाचित कार्यसमितिलाई सपथ गराईएको हो ।

दोलखाका पत्रकार महासँघ केन्द्र र प्रदेश कार्यसमितिका लागि भएको निर्वाचन अन्र्तगत ४९ मत खसेको छ । जिल्लामा ५६ जना मतदाता रहेकोमा आज भएको मतदानमा ४९ मत खसेको निर्वाचन समितिले जनाएको छ ।