images
images

माघ पहिलो साताभित्र स्थानीय तहको निर्वाचनको घोषणा गर्नुपर्छः निर्वाचन आयोग

  • ३० पुष २०७८, शुक्रबार ०९:४१

काठमाडौं । निर्वाचन आयोगले माघ पहिलो साताभित्र स्थानीय तहको निर्वाचनको मिति घोषणा हुनुपर्ने बताएको छ ।

सर्वदलीय बैठकमा आज राजनीतिक दलका नेताहरुसँग छलफल गरेपछि निर्वाचन आयोगले माघ पहिलो साताभित्र स्थानीय तहको निर्वाचनको मिति घोषणा हुनुपर्ने बताएको हो । आयोगलाई तयारीका लागि चाहिने १ सय २० दिन घर्किसकेको भन्दै निर्वाचन आयुक्त दिनेश थपलियाले माघ पहिलो साताभित्र निर्वाचन घोषण गर्नुपर्ने बताउनुभएको हो । बैठकमा आयोगले निर्वाचन कानुन अनुसार २०७४ जेठ ६ गतेबाट स्थानीय तहका पदाधिकारीको कार्याकाल गणना हुने भनी दलहरुलाई जानकारी गराएको थियो । निर्वाचन मितिका विषयमा छिट्टै सरकारसँग पनि छलफल गर्ने तयारी भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो ।