images
images

काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिकामा तीन दिन सार्वजनिक विदा

  • ३० पुष २०७९, शनिबार ०८:३३

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिकाले तिन दिन सावर्जनिक विदा दिएको छ ।

गाउँपालिकाले तामाङ समुदायको धार्मिक तथा साँस्कृतिक पर्व ‘सोनाम ल्होछार’मा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। हिजो बसेको गाउँ कार्यपालिकाको बैठकले सोनाम ल्होछारको अवसरमा गाउँपालिका कार्यालय र त्यसअन्तर्गतका सरकारी कार्यालयमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो। गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङ छिन्ताङले ल्होछार पर्व मनाउनको लागि आगामी माघ ७, ८ र ९ गते गाउँपालिकाका कार्यालय र शैक्षिक संस्थामा बिदा दिने निर्णय गरेको बताउनुभयो ।