images
images

सोलुखुम्बुका युवक जबरजस्तीकरणी आरोपमा पक्राउ

  • ३० पुष २०७९, शनिबार ०८:४९

सोलुखुम्बु । सोलुखुम्बुमा नाबालिगलाई जबरजस्तीकरणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर २ का २५ वर्षिय विक्रम श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो । स्थानिय १५ वर्षिया बालिकालाई पटक पटक करणी गरेको अभियोगमा श्रेष्ठलाई पक्राउ गरीएको सोलुखुम्बुका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक राम किशोर साहले जानकारी दिनुभयो । पक्राउ परेका ति युवकमाथि जरबजस्तीकरणी अन्तर्गत मुद्धा दर्ता गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।