images
images

भीमेश्वरको जग्गा वर्गिकरण अस्पष्ट, सिफारिसमा उल्लेख नभए कित्ताकाट नहुने

  • ३० पुष २०७९, शनिबार १९:०७

दोलखा । दोलखाको भीमेश्वर नगरपालिकाले सहि तरिकाले जग्गा वर्गिकरण नगर्दा सदरमुकामकै जग्गा तत्काल कित्ताकाट नहुने भएको छ ।

नगर क्षेत्रभित्रका जग्गा कृषि र गैरकृषिमा वर्गिकरण गरिएपनि प्रक्रिया नपुगेकाले कित्ताकाट नहुने भएको हो । मालपोत कार्यालय दोलखाले भीमेश्वर नगरक्षेत्रभित्रको जग्गा तत्काल कित्ताकाट गरेर छुट्याउन नमिल्ने बताएको छ । नगरपालिकाले जग्गालाई कृषि क्षेत्र, गैरकृषि, व्यवसायीक, आवासिय , औद्योगिक, खानि तथा खनिज, वन, नदि खोला ताल पोखरी, सार्वजनिक उपयोग र सांस्कृतिक तथा पुरातात्विक महत्वको क्षेत्रमा वर्गिकरण गर्नुपर्ने थियो । तर भीमेश्वर नगरपालिकाले कृषि क्षेत्र र गैरकृषि क्षेत्रमा मात्रै जग्गाको बर्गीकरण गरेर सम्बन्धीत निकायमा जानकारी सहितको पत्र पठाए पनि यही निर्णयका आधारमा नगरक्षेत्रभित्रका जग्गा कित्ताकाट गर्न नमिल्ने मालपोत कार्यालय दोलखाका प्रमुख धनकुमार तमाङले जानकारी दिनुभयो ।

नगर क्षेत्रभित्रका जग्गा कृषि र गैरकृषिमा वर्गिकरण गरिएपनि प्रक्रिया नपुगेकाले कित्ताकाट नहुने भएको हो । मालपोत कार्यालय दोलखाले भीमेश्वर नगरक्षेत्रभित्रको जग्गा तत्काल कित्ताकाट गरेर छुट्याउन नमिल्ने बताएको छ । किताकाट नहुँदा नगरक्षेत्रको जग्गा किनवेच र अंशबन्डा गर्न पाईने छैन । नगरक्षेत्रभित्रमा रहेका सडकलाई आधार मानेर भीमेश्वर नगरपालिकाले जग्गालाई कृषि र गैरकृषि भनेर छुट्याएको छ ।

जग्गा वर्गिकरण नभएका कारण कित्ताकाट नहुने भएपछि भीमेश्वर नगरपालिकाले घरबाटो सिफारिस गर्दा स्पष्ट उल्लेख गरेको खण्डमा भने काम कारवार्ही गर्ने/गराउने दोलखा मालपोतको तयारी छ । तर सिफारिसमा सो कुरा उल्लेख नभए कित्ताकाट हुने छैन । किताकाट नहुँदा नगरक्षेत्रको जग्गा किनवेच र अंशबन्डा गर्न पाईने छैन । नगरक्षेत्रभित्रमा रहेका सडकलाई आधार मानेर भीमेश्वर नगरपालिकाले जग्गालाई कृषि र गैरकृषि भनेर छुट्याएको छ । नगरकार्यपालिकाको पुस १४ गते बसेको बैठकले जग्गा वर्गिकरणको निर्णय कार्यान्वयनका लागि पठाउने निर्णय गरेको थियो । सोही अनुसार नगरपालिकाले पुस २५ गते जग्गा वर्गिकरण गरिएको जानकारी सहितको पत्र मालपोत कार्यालय सहित सम्बन्धीत सवै निकायमा पठाएको थियो ।

भीमेश्वर नगरपालिकाका इन्जिनियर नारायण प्रसाद शिवाकोटीले भने पहिलो चरणमा कृषि र गैरकृषि भनेर मात्रै जग्गा छुट्याइएको र बाँकी वर्गिकरणको काम तत्काल सुरु गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।सरकारले गत जेठ २७ गते परिपत्र जारी गरी कित्ताकाट रोक्न भनेपछि दोलखामा पनि ७ महिनादेखि कित्ताकाट रोकिएको छ । मालपोत कार्यालयबाट जग्गाको कित्ताकाट नभएपछि सर्वसाधारण नागरिक समस्यामा परेका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले कृषि क्षेत्रको संरक्षण गर्न स्थानीय तहलाई आफ्नो पालिकाको जग्गा मंसिर २३ गतेसम्म वर्गिकरण गर्न निर्देशन दिएको थियो ।