images
images

तपस्पी बमजनले जलेश्वर कारागारबाटै सुरु गरे योग ध्यान

  • २९ पुष २०८०, आईतवार १०:५१

काठमाडौं । बाल यौन शोषणको अभियोग लागेका ‘तपस्वी’ रामबहादुर बम्जनले कारागारमै योग ध्यान सुरु गरेका छन् ।

उनले महोत्तरीको जलेश्वर कारागारमै योग ध्यान सुरु गरेका हुन् । सर्लाहीको पत्थरकोट आश्रममा रहँदा एक किशोरीमाथि यौन सन्तुष्टि प्राप्त गर्ने गतिविधि तथा बाल यौन शोषण गरेको अभियोगमा बिहीबार जिल्ला अदालत सर्लाहीबाट पुर्पक्षका लागि जलेश्वर कारागार चलान भएका थिए । हाल उनले आफू सुत्ने कोठामै योग ध्यान गर्न थालेको जलेश्व कारागारका प्रमुख (जेलर) रामचन्द्र साहले जानकारी दिनुभयो । उनले विहान–बेलुकी आफु सुत्ने ओछ्यानमा योग ध्यान थालेको जेलर साहको भनाई छ ।

अन्य कैदीबन्दीलाई पकाएको मेसको खाना खान अस्वीकार गरेका बम्जनलाई कारागारमा रहेका बाबा (जोगी)हरुसँगै साकाहारी खाना खाने व्यवस्था मिलाइएको छ ।