
काठमाडौं । यो वर्षको माध्यमिक शिक्षा परीक्षा एसईईको परीक्षा आगामी चैत ७ गतेदेखि हुने भएको छ ।राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले शैक्षिक सत्र २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को समयतालिका सार्वजनिक गदै चैत ७ गतेदेखि हुने जनाएको हो ।
परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म चल्ने छ । परीक्षा चैत १९ गते मंगलबार सकिनेछ । परीक्षाको नतिजा भने २०८२ साल असार ६ गते प्रकाशन गरिने कार्यतालिकामा उल्लेख छ ।