
काठमाडौँ । अबदेखि विद्यार्थीले गर्ने घरमा गरेका कामका आधारमा नम्बर पाउने भएका छन् ।
पाठयक्रम विकास तथा मूल्यांकन परिषद्ले विद्यार्थीको घरायसी एवं दैनिक जीवनका कार्यलाई आन्तरिक मुल्यांकनमा समावेश गर्ने निर्णय गरेसँगै विद्यार्थीले गर्ने घरायसी कामलाई समेत मूल्यांकनमा समावेश गरिने भएको हो । सोही आधारमा आगामी शैक्षिक सत्रदेखि आधारभुुत तह कक्षा ६ देखि ८ र माध्यमिक तह कक्षा ९ र १० को आन्तरिक मूल्यांकनमा घरमा गरिने कामलाई समेत समावेश गरिने भएको हो ।
पाठयक्रम विकास केन्द्रका अनुसार आगामी शैक्षिक सत्र २०८२ देखि सो निर्णय कार्यान्वयनमा आउनेछ । हाल विद्यार्थी सिकाइका लागि आन्तरिक मूल्यांकन मापदण्ड २०८० को आधारमा आन्तरिक मूल्यांकन गरिदै आएको छ ।