images
images

सिन्धुलीबाट ४१ तोला अबैध काँचो सुनसहित एक पुरुष पक्राउ

  • १ माघ २०८१, मंगलवार १०:५८

सिन्धुली ।  सिन्धुलीको कमलामाई नगरपालिकाबाट ४१ तोला अबैध काँचो सुन सहित एक जना पक्राउ परेका छन् ।

कमलामाई नगरपालिका–९ भिमानबाट ४१ तोला बढी अबैध काँचो सुन सहित पर्साकाे पोखरिया नगरपालिका– ८ जगतपुरका ४८ वर्षीय बिक्रम साह पक्राउ परेका हुन् । बर्दिवासबाट काठमाण्डौंतर्फ जाँदै गरेको बा ४ ख ५५४० नम्बरको फोर्स गाडीबाट ४१ दशमलब ३५ तोला काँचो सुन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक गोबिन्दराज काफ्लेले जानकारी दिनुभयो ।

कालो रंगको झोलाभित्र कपडाले बेरिएको अवस्थामा बिल बिजक नभएको ४१ दशमलब ३५ तोला काँचो सुनसहित विभिन्न गरगहना बरामद गरेको प्रहरीले जनाएको छ । बरामद भएको सुनको मुल्य ६४ लाख ६१ हजार ९ सय ८२ रुपैयाँ रहेको छ ।

साहको साथबाट औठी त्रीहत्तर थान, मंगलसुत्र पाँच थान, झुम्का–टप छ थान, बाला एक थान, नेकलेस एक थान, हिरा जस्तो देखिने सेतो टल्कने पत्थर कागजको सानो सानो पोकामा बाह्र थान, मोवाईल एक थान र १९ हजार नगद समेत प्रहरीले बरामद गरेको छ ।