images
images

कमजोर सरकारले अध्यादेशवाट शासन गर्न खोजेको प्रचण्डको आरोप

  • १ माघ २०८१, मंगलवार १२:०४

सिन्धुपाल्चोक । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कमजोर धरातलमा उभिएको सरकारले अध्यादेशबाट शासन गर्न खोजेको आरोप लगाउनु भएकोे छ ।

अध्यक्ष प्रचण्डले अध्यादेश ल्याएकोमा आपत्ति जनाउँदै ओली नेतृत्वको सरकारले संसदको सामना गर्ने नैतिक शाहस गुमाएको टिप्पणी गर्नुभयो । प्रेस सेन्टर नेपाल सिन्धुपाल्चोकले आज बिहान सुकुटेमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले वर्तमान सरकार सबै भन्दा कमजोर, निरिह र गैरजिम्मेवारी भएको भन्दै तत्काल संसदको बैठक बोलाउन आग्रह समेत गर्नुभयो ।

अध्यक्ष प्रचण्डले कांग्रेस–एमाले गठबन्धनको वर्तमान सरकारको आयु धेरै नभएको पनि बताउनुभयो । सरकार अप्राकृतिक ढंगले गठन भएकाले आफैं ढल्ने र ढाल्नका लागी बल प्रयोग गर्न नपर्ने उहाँको भनाई छ । प्रमुख प्रतिपक्ष दलका नेता समेत रहेका प्रचण्डले सरकारले गरिरहेको काम र घटना क्रममलाई नजिक बाट नियालेको उल्लेख गर्दै ओली नेतृत्वको सरकार आफैंले आयु घटाउने काम गरिरहेको आरोप लगाउनुभयो ।