images
images

बिष्णुलक्ष्मी तुलसीमाया साहित्य सम्मानबाट श्रष्टा शर्मा सम्मानित

दोलखा । यो बर्षको बिष्णुलक्ष्मी तुलसीमाया साहित्य सम्मानबाट श्रष्टा सुशिला शर्मा न्यौपाने सम्मानित भएकी छिन् ।

बिष्णुलक्ष्मी साहित्यिक पुरस्कार समितिले स्थापना गरेको सम्मानवाट शर्मालाई सम्मान गरिएको हो । सदरमुकाम चरिकोटमा आज एक कार्यक्रमका बीच भीमेश्वर नगरपालिकाका नगरप्रमुख ईश्वर नारायण मानन्धरले शर्मालाई नगद १० हजार पुरस्कार र सम्मानपत्र सहित सम्मान गर्नुभएको हो । सम्मानित श्रष्टा शर्माले साहित्य क्षेत्रमा कलम चलाउदै आएकी छन् ।

श्रष्टा एवँ पत्रकार चिरञ्जीवी मास्केले जन्मदिने आमा तुलसीमाया र पालनपोषण गरी शिक्षा दिने आमा बिष्णुलक्ष्मीको स्मृतिमा आफ्नो जन्मदिनको अवसर पारेर प्रत्येक बर्षको माघ १ गते बिष्णुलक्ष्मी तुलसीमाया साहित्य सम्मान प्रदान गर्ने गरेका छन् । कार्यक्रममा प्रदेय पुस्तकको नयाँ अंक पनि सार्वजनिक गरिएको छ ।

बिष्णुलक्ष्मी साहित्यिक पुरस्कार समितिले आयोजना गरेको पुरस्कार बितरण तथा प्रदेय वर्ष पत्रिका सार्वजनिक कार्यक्रममा मेलुङ गाउँपालिकाका अध्यक्ष हिरा थोकर, श्रष्टाहरु अमन श्रेष्ठ र शंकरलाल श्रेष्ठ, बार एसोसियसन दोलखाका अध्यक्ष कृष्ण बहादुर बस्नेत, पत्रकार महासँघ दोलखाका पूर्व अध्यक्ष दिपशंकर चौँलागाई, महासँघ दोलखाका सचिव सुजन काफ्ले लगाएतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम बिष्णुलक्ष्मी साहित्यिक पुरस्कार समितिका अध्यक्ष विष्णु सुवेदीको अध्यक्षतामा भएको थियो ।