images
images

भीनपा ५ मा ‘वडाअध्यक्ष कप’ फुटबल सुरु, कालिञ्चोक र आँकुराको विजयी सुरुवात

  • १ माघ २०८१, मंगलवार १८:३७

दोलखा । दोलखाको भीमेश्वर नगरपालिका–५ मा ‘वडाअध्यक्ष कप’ दोस्रो जिल्लाव्यापी मावि स्तरीय छात्र फुटबल प्रतियोगिता सुरु भएको छ ।

भीनपा –५ माटिमा आजदेखि जिल्ला व्यापी मावि स्तरीय छात्र फुटबल सुरु भएको हो । प्रतियोगितामा कालिञ्चोक मावि र आँकुरा बोर्डिङ स्कुलले विजयी सुरुवात गरेका छन् । प्रतियोगिताको आफ्नो पहिलो खेलमा कालिञ्चोक माविले महोन्द्रोदय मावि भीनपा ५ लाई टाईब्रेकरमा पराजित गर्दै विजयी सुरुवात गरेको हो ।

यस्तै आजै भएको अर्काे खेलमा आँकुरा बीले देवी मावि बोचलाई पराजित गरेको छ । आँकुराले देवी माविलाई ३–२ गोलअन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।

छात्र फुटबल प्रतियोगिता भएपनि प्रतियोगिताको उद्धघाटन खेलमा भने आँकुरा र बुढाभिमसेन माविका छात्राबीच खेल भएको थियो । सो उद्धघाटन खेलमा बुढाभिमसेन माविले २–१ ले जित निकालेको छ । छात्राहरुलाई पनि खेलकुदमा प्रोत्साहन गर्ने उद्देश्यले उद्धघाटन खेलमा छात्राहरुलाई सहभागि गराईएको भीनपा ५ का वडाअध्यक्ष वासु श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतियोगितामा जिल्लाभरीका २० वटा मावि सहभागि छन् । प्रतियोगिताको विजेताले नगद ७५ हजार तथा शील्ड मेडल र प्रमाणपत्र पाउनेछन् भने द्धित्तिय हुने टोलीलाई नगद ४५ हजार सहित शील्ड मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

प्रतियोगिताको बागमती प्रदेश सांसद भरत केसीले उद्धघाटन गर्नुभएको थियो । वडाअध्यक्ष श्रेष्ठको अध्यक्षतामा सम्पन्न उद्धघाटन कार्यक्रममा भीमेश्वर नगरपालिकाका मेयर ईश्वर नारायण मानन्धर, प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, उपमेयर कमला बस्नेत लगाएतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।