images
images

प्रहरी प्रधान कार्यालयद्धारा दोलखा, रामेछाप र रसुवाका डिएसपीको सरुवा

  • २ फाल्गुन २०७८, सोमबार ०९:३२

काठमाण्डौं । दोलखा र रामेछाप लगायत जिल्लाका डिएसपीहरुको सरुवा भएको छ ।

प्रहरी प्रधान कार्यालयले हिजो दोलखा, रामेछाप र रसुवा लगायतका जिल्लासहित वृत्तका प्रमुखहरुको सरुवा गरेको हो । जसअनुसार दोलखाका डीएसपी भेषराज रिजाल अपराध महाशाखामा सरुवा भएका छन् भने उनको स्थानमा गंगाप्रसाद पौडेल काज सरुवा भएर आउने भएका छन् । महानगरीय प्रहरी बृत्त सातदोबाटोमा डीएसपी मदन केसी र चापागाउँ वृत्तमा द्वारिका घिमिरे काज सरुवा हुँदा दोलखाका डीएसपी रिजालको अपराध महाशाखामा सरुवा भएको हो । यस्तै, रामेछापका डीएसपी नवराज ढुङ्गानाको प्रदेश १ प्रहरी कार्यालयमा काज सरुवा हुँदा राजकुमार थिङ रामेछापको नयाँ डिएसपीको रुपमा आउने भएका छन् । सरुवा गर्ने क्रममा प्रहरी प्रधान कार्यालयले रसुवाका डिएसपी देवेन्द्र पाण्डेलाई जगेडा पुलमा सरुवा गरेको छ ।

यस्तै, हाल वृत्त चापागाउँमा कार्यरत टेकबहादुर कार्की क्षेत्रीको पनि कार्य विभागमा सरुवा भएका छन् । प्रहरी प्रधान कार्यालयको अनुसार प्रहरी सातदोबाटोमा कार्यरत दिनेश घिमिरेको महानगरीय प्रहरी रानीपोखरीमा काज सरुवा भएको छ ।