काठमाडौं । नायिका रेखा थापाले दोस्रो विहे गरेकी छिन् ।
जाजरकोट घर भई विदेशमा बस्दै आएका पर्यटन व्यवसायी बलराम शाहीसँग उनले ‘कोर्ट म्यारीज’ गरेकी हुन् । थापाले गत माघ ११ गते अमेरिका निवासी शाही ठकुरसँग काठमाडौं जिल्ला अदालतमा कोर्ट म्यारिज गरेको उनी निकट स्रोतले बताएको छ । फिल्म निर्माता एवम् निर्देशक छविराज ओझासँग सम्बन्ध विच्छेदपछि एक्लो जीवन बिताउँदै आएकी उनले विवाह गरेकी छिन् । रेखाले ३८ वर्षको उमेरमा पर्यटन व्यवसायीसँग विवाह गरेको खुलेको छ ।