images
images

कालिञ्चोकका एक युवक चार महिनापछि मृत फेला

  • २ फाल्गुन २०७९, मंगलवार १४:५१

दोलखा । दोलखाको कालिञ्चोक गाउँपालिकाका एक युवक वेपत्ता भएको चार महिनापछि मृत फेला परेका छन् ।

कालिञ्चोक गाउँपालिका वडा नम्बर ५ लापिलाङका २१ वर्षिय पारस थामी वेपत्ता भएको चार महिनापछि आज मृत फेला परेका हुन् । उनको शव कालिञ्चोक गाउँपालिका वडा नम्बर २ बाबरेको चाम्लिङ खोलामा फेला परेको कालिञ्चोक गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष सहदेव खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार शव पुरै सडेगलेकाले हड्डी र थामीले लगाएको लुगा र जुत्ताको आधारमा परिवारजनले शवको पहिचान गरेका हुन् ।
जंगलमा घाँस काट्न गएका स्थानीयले शव देखेपछि वडाध्यक्ष र प्रहरीलाई खवर गरेका थिए ।

मृत थामीलाई छारे रोग भएको बताइएको छ । कसैलाई नसोधी घरबाट हिँड्ने गरेका उनी दुई तीन महिना वेपत्ता हुँदै घर फर्कँदै गर्ने गरेकाले परिवारका सदस्यले उनको खोजीमा चासो दिएका थिएनन् । थामीको भीरबाट लडेर मृत्यु भएको अनुमान गरिए पनि प्रहरी सहितको टोली घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको वडाध्यक्ष खड्काले जानकारी दिनुभयो ।