images
images

दोलखामा मौसम बदली, अत्याधिक चिसो बढ्दा जनजिवन प्रभावित

  • २ फाल्गुन २०८०, बुधबार १८:१०

जिरी(दोलखा) । दोलखामा आज विहानैदेखि मौसम बद्ली भएको छ ।

जिल्लाको सबै क्षेत्रमा मौसम बदली भई अत्याधिक चिसो बढेको हो । मौसम पूर्वानुमान महाशाखाले बागमती प्रदेश सहित पाँच प्रदेशमा वर्षाको सम्भावना रहेको पूर्वानुमान गरेपनि दोलखामा वर्षा भने हुन सकेको छैन । आजको मौसम हेर्दा वर्षा हुन लागेको जस्तो देखिएपनि वर्षा भएको छैन । जिल्लाको उच्च भेगमा हिमपात भएको छ । पर्यटकीय तथा धार्मिकस्थल कालिञ्चोक तथा शैलुङको उच्च क्षेत्रमा हिमपात भएको छ । चिसो बढेसँगै जिल्लाभरको जनजिवन प्रभावित बनेको छ ।

विशेषगरी चिसोमा वृद्धवृद्धा र बालकालिका बढी प्रभावित भएका छन् । अझै केही दिन चिसोले जनजिवन प्रभावित हुने भएकोले त्यसको असरबाट बच्न आवश्यक सर्तकता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । महाशाखाका अनुसार बागमती प्रदेशका केही जिल्लाहरुमा भोली पनि मौसम बदली रहनेछ ।