
दोलखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड आज दोलखाको पर्यटकीय नगरी जिरीमा आउनुभएको छ ।
३० औँ जनयुद्ध दिवस र नेकपा माओवादी केन्द्र जिरी नगर कमिटीको तेस्रो सम्मेलनमा सहभागी हुन माओवादी अध्यक्ष प्रचण्ड केहीवेर अघि हेलिकोप्टर मार्फत् जिरी आउनुभएको हो । जिरीको लिंकन बजारस्थित बसपार्क क्षेत्रमा भैरहेको जिरी नगर कमिटीको तेस्रो सम्मेलनको पूर्ब प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले उद्घाटन गर्नुभएको छ ।