images
images

ललितपुरको कोन्ज्योसोममा मिनी ट्रक दुर्घटनाः चालक सहित ४ जनाको मृत्यु

  • २ फाल्गुन २०८२, शनिबार ०८:१६

ललितपुर । ललितपुरमा गएराति मिनी ट्रक दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।

ललितपुरको कोन्ज्योसोम गाउँपालिका–१ बाउनडाँडामा गएराति मिनी ट्रक दुर्घटना हुँदा चालक सहित ४ जनाको मृत्यु भएको हो । गएराति ९ बजे लेलेबाट बालुवा लिएर कालेश्वरतर्फ जाँदै गरेको बागमती प्रदेश–०१–००४ क ६२२८ नम्बरको मिनी दुर्घटनामा ट्रक चालक ललितपुरकै गोदावरी नगरपालिका–६ का ५२ वर्षीय गणेश खड्का र ट्रकमा सवार सोही ठाउँका ४२ वर्षीय गणेश थापाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ ।

त्यस्तै, ट्रकमा सवार अन्य दुई जना अन्दाजी ४० वर्षीय र ५० वर्षीय पुरुषको उपचारका क्रममा पाटन अस्पतालमा मृत्यु भएको छ । अस्पताल पु¥याउनासाथ डाक्टरले उनीहरूलाई मृत घोषणा गरेका थिए । अस्पतालमा मृत्यु भएका दुई जनाको सनाखत हुन बाँकी रहेको छ ।

ट्रक सडकबाट अन्दाजी ५ सय मिटर तल खसेर दुर्घटना भएको हो ।  दुर्घटना बारे थप अनुसन्धान भैरहेको छ ।