काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी हङ्गेरी पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरेपमा दोलखाका एक युवक पक्राउ पारेका छन् ।
पक्राउ पर्नेमा दोलखाको कालिन्चोक गाउँपालिका–४ का हाल काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ बस्ने ५६ वर्षीय महेश तामाङ रहेका छन् । तामाङले एक जना पीडितबाट हङ्गेरीमा रोजगारी लगाइदिने भन्दै ३ लाख रुपैयाँ असुल गरेको प्रहरिले जनाएको छ । पीडितको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई हिजो काठमाडौं महानगरपालिका–१२ बाट पक्राउ गरेको हो।
पक्राउ परेका तामाङलाई आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभागसमक्ष पेस गरिएको प्रहरीले जनाएको छ।










