images
images

सिन्धुलीमा ईन्टरनेट बनाउन बिजुलीको पोलमा चढ्दा लाग्यो करेन्ट, एक पुरुषको मृत्यु

सिन्धुली । सिन्धुलीमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ ।

सिन्धुलीको टिनपाटन गाउँपालिका–२ कदमे घर भई हाल जिल्लाकै कमलामाई नगरपालिका –४ ढुंग्रेबास बस्ने अन्दाजी ४२ वर्षीय रामलाल श्रेष्ठको मृत्यु भएको हो । नेट बनाउने क्रममा करेन्ट लागेर घाईते भएका उनको उपचारका क्रममा मृत्यु भएको सिन्धुली प्रहरीले जनाएको छ ।

आज दिउँसो करिव १२ बजे सिन्धुलीको गोलञ्जोर गाउँपालिका–५ आलडाँडा स्थित नेट बनाउन बिजुलीको पोलमा चढेका उनलाई अचानक करेन्ट लागेको थियो । करेन्ट लागेर पोलबाट खसेका उनको जिल्ला अस्पताल सिन्धुलीमा उपचारका क्रममा दिउँसो १ बजे मृत्यु भएको सिन्धुली प्रहरीले जनाएको छ ।