images
images

कांग्रेस सिन्धुपाल्चोकको सभापतिमा लामा विजयी

  • ३० फाल्गुन २०७८, सोमबार ०६:५३

सिन्धुपाल्चोक । नेपाली कांग्रेस सिन्धुपाल्चोकको जिल्ला सभापतिमा जंगबहादुर लामा निर्वाचित भएका छन् ।

गएराती सम्पन्न दोस्रो चरणको मतपरिणाम अनुसार लामा ६४ मतान्तरले विजयी भएका हुन् । मतपरिणाम अनुसार जंगबहादुर लामाले ९ सय १२ र प्रतिस्पर्धी बंशलाल तमाङले ८ सय ४८ मत पाएका छन् । यसअघि भएको चुनावमा कुनै पनि उम्मेदवारले बहुमत ल्याउन नसकेपछि धेरै मत ल्याउने दुईजना बिच हिजो पुन निर्वाचन भएको हो । लामा पुर्वमन्त्री मोहन बस्नेत निकट हुन् । पराजित तामाङ इन्द्रावती गाउँपालिका अध्यक्ष समेत हुन् ।

पहिलो चरणको मतदानमा डा. प्रमेध्वज लामा तेस्रो स्थानको मत ल्याई निर्वाचनबाट बाहिरिएका थिए । उनी पनि संस्थापन पक्षकै उम्मेदवार थिए । सभापतिका तीन उम्मेदवारले पहिलो चरणको मतदानमा ५० प्रतिशत मत कटाउन नसकेपछि हिजो पुन मतदान भएको थियो ।