लापिलाङ (दोलखा) । बागमती प्रदेश सरकारले दोलखाको कालिन्चोक गाउँपालिका वडा नम्बर ५ लापिलाङस्थित रानिवनको पहिरो रोकथामकालागि ठोस पहल गर्ने भएको छ ।
बस्तिमाथि र तलवाट गएको पहिरोले लापिलाङको पुरै थामी बस्ती जोखिममा परेका बेला बागमती प्रदेश सरकारले रोकथामकालागि ठोस पहल गर्ने भएको हो । पहिरोको रोकथामको योजना बनाउनकालागि बागमती प्रदेश सरकारका वन तथा वातावरण मन्त्री विशाल खड्का र मन्त्रालयका सचिवसहितको टोली आईतवार पहिरोस्थल पुगेर स्थलगत अवलोकन गरेको छ । स्थलगत अवलोकनपछि मन्त्री खड्काले रानिवन पहिरो रोकथामकालागि सरकारले तत्कालै योजना बनाएर काम सुरु गर्ने बताउनुभयो । लापिलाङको पहिरोमा राजनीति गर्ने बिषय नभएको भन्दै पहिरो रोकथाम गरेर बस्तिको सुरक्षाकालागि सरकार लागि पर्ने उहाँले बताउनुभयो । मन्त्री खड्काले पहिरोका कारण बिस्थापित भएकाहरुको पुर्नस्थापनाकालागि भने सरकारले आवस्यक पहल गर्ने बताउनुभयो ।
बागमति प्रदेश सरकारका वन तथा वातावरण मन्त्री खड्का आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव धनिराम शर्मा र बन तथा वातावरण मन्त्रालयका सचिव यज्ञनाथ दाहाल सहित पहिरोस्थल पुगेका हुन् । मन्त्रालयका सचिवहरुले पनि पहिरो नियन्त्रणकालागि तत्कालै कर्मचारी खटाएर कार्ययोजना बनाएर अघि बढ्ने बताएका छन् । नेकपा माओवादी केन्द्रकी नेतृ एवँ पूर्वराज्यमन्त्री देवी खड्का, कालिन्चोक गाउँपालिकाका अध्यक्ष बिनकुमार थामी, गोपाल पाण्डे, कुलवहादुर बुढाथोकी लगायतका नेताहरु पनि पहिरोस्थल पुगेका थिए । लापिलाङको पहिरोस्थलमा संघीय सरकार र प्रदेश सरकारका मन्त्रीहरुले पटक–पटक स्थलगत भ्रमण गरेपनि रोकथामको ठोस पहल भने हुन सकेको छैन । यसअघि संघीय सरकारका तत्कालिन मन्त्री पार्वत गुरुङ, पूर्व मन्त्री आनन्दप्रसाद पोखरेल, प्रदेश सरकारका मन्त्रीहरु रामेस्वर फँुयाल, सरस्वती बस्नेत लगायतका मन्त्रीहरुले पहिरोस्थल भ्रमण गरेर रोकथामको पहल गर्ने आश्वासन दिएका थिए ।
पहिरोको रोकथामको योजना बनाउनकालागि बागमती प्रदेश सरकारका वन तथा वातावरण मन्त्री विशाल खड्का र मन्त्रालयका सचिवसहितको टोली आईतवार पहिरोस्थल पुगेर स्थलगत अवलोकन गरेको छ । स्थलगत अवलोकनपछि मन्त्री खड्काले रानिवन पहिरो रोकथामकालागि सरकारले तत्कालै योजना बनाएर काम सुरु गर्ने बताउनुभयो । मन्त्री खड्काले पहिरोका कारण बिस्थापित भएकाहरुको पुर्नस्थापनाकालागि भने सरकारले आवस्यक पहल गर्ने बताउनुभयो ।
कालिन्चोक गाउँपालिका अध्यक्ष विनकुमार थामी र जिसस दोलखाका प्रमुख डबल पाण्डे सोही गाउँबासी हुन् । पहिरो पिडीतका लागि राहत लिएर आउने धेरै छन् । दुई वर्षदेखि गाउँको तलबाट र माथी दुवैतिरबाट पहिरो आएको छ । तर पहिरो नियन्त्रण, गाउँको सुरक्षा, पीडितको स्थानान्तरण र बसोबासका लागि आश्वासन बाहेक कसैले केही नगरेको स्थानीयको गुनासो छ । पहिरोको चेपमा परेका कालिञ्चोक गाउँपालिका वडा नं. ५ लापिलाङबासीलाई बर्षा सुरु हुनासाथ त्रासले सताउने गरेको छ । हिउँदमा केही ढुक्क भएपनि हिउँद सकिएपछि फेरि पहिरोको वितण्डा के हुने हो भन्ने स्थानीयमा चिन्ता छ ।
लापिलाङ पहिरो बागमति प्रदेशको मेलम्चीको बाढीपछिको सबैभन्दा ठूलो प्रकोप हो । पहिरोपछि धेरै टोलीले पहिरो क्षेत्र भ्रमण गरे । राहत र पहिरो नियन्त्रणको आश्वासन पनि दिए । तर ठोस हुने काम भने हुन सकेको छैन । अघिल्लो वर्षको लापिलाङ बन्देथली गाउँको भीरबाट ठूलो पहिरो खस्दा २६ घरपरिवार बिस्थापित भएका थिए । त्यसलाई रानी वन पहिरोको नामले चिनिन्छ । बिस्थापित परिवारको अहिले पनि सामुदायिक भवन र गोठकै बास छ । सक्ने जति गाउँ छाडेर हिडेका छन् । त्यहि रानीवन पहिरोले कटान गर्दै ल्याएपछि यस वर्ष वर्षात् लागेपछि गाउँभन्दा मुनी कटान सुरु भयो । जेठदेखि खोलाले कटान सुरु गरेपछि साउनदेखि ठूलो पहिरोमा परिणत भयो । पहिरो क्रमश फैलिदै गएपछि लापिलाङका विभिन्न बस्तीहरु समेत जोखिममा परेका छन् । रानीवनबाट झरेको पहिरो अहिले सिस्नेबारी, मैदान, काँडाबारी, बन्देथली हुदै सिलाथारेसम्मका बस्तीहरुमा पुगिसकेको छ ।
पहिरोले रानिवनदेखि गुमुखोलासम्मको भुभाग दिनहुँ कटान गरेको छ । वन क्षेत्रदेखि खोली किनारसम्मको भुगोलमा मात्रै झण्डै ३ किलोमिटर ठाडो जमिन कटान गरेकोले लापिलाङका आधा दर्जन बस्तीहरुमा जोखिम सिर्जना भएको हो ।