images
images

सिन्धुलीमा जन्ति बोकेको टिपर दुर्घटनाः २ जनाको मृत्यु, २८ जना घाईते

  • ३० फाल्गुन २०७८, सोमबार १२:४५

सिन्धुली । सिन्धुलीमा जन्ति बोकेको टिपर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २८ जना घाईते भएका छन् ।
दुर्घटनामा परी टिपरमा सवार उदपुरको कटारी नगरपालिका वडा नम्बर २ का १९ वर्षीय दिपेन्द्र कुवँर र २४ वर्षीय अजय दनुवारको मृत्यु भएको हो । टिपर दुर्घटनामा परी गम्भीर घाईते भएकामध्ये ६ जनाको अवस्था गम्भीर छ । उनीहरुलाई उपचारका लागि काठमाडौं पठाइएको छ । अन्य घाइतेहरुको विराटनगर, कटारी र सिन्धुलीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । हिजो साँझ बाणेगाउँबाट कटारीतर्फ जाँदै गरेको ना ३ ख ७४९० नम्बरको टिपर अनियन्त्रित दुर्घटना भएको प्रहरीले जनाएको छ । टिपरमा २८ जना सवार थिए ।

यसैबीच, सिन्धुलीमा मोटरसाइकल दुर्घटनामा परी एक पुरुषको मृत्यु भएको छ । दुर्घटनामा परी खोटाङका अविनास राईको मृत्यु भएको हो । दुधौली नगरपालिका वडा नम्बर २ गागनमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदाँ राईको घटनास्थलमै मृत्यु भएको सिन्धुलीका प्रहरी निरीक्षक बुद्धिमान तामाङले जानकारी दिनुभयो । हिजो दिउँसो भोजपुरबाट सिन्धुलीतर्फ आउँदै गरेको प्रदेश न १–०४–००१ प १६०६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो ।