images
images

चेम्बर अफ कमर्स र उद्योग बाणिज्य संघ दोलखाको महासचिव सहितका सदस्यहरु सम्मानित

  • ३० फाल्गुन २०७९, मंगलवार १०:३६

दोलखा । नेकपा माओवादी केन्द्र दोलखाले जिल्लामा महोत्सव आयोजना गरी सफलतापूर्वक सम्पन्न गरेको भन्दै दोलखा चेम्बर अफ कमर्सलाई सम्मान गरेको छ ।

सदरमुकाम चरिकोटमा एक कार्यक्रमको आयोजना गरी माओवादी केन्द्र दोलखाले आज जिल्लाको आर्थिक, समृद्धि एबम् पर्यटन प्रबद्र्धनमा महत्वपूर्ण टेवा पु¥याएको भन्दै चेम्बर अफ कमर्स दोलखालाई प्रशंसापत्र प्रदान गरेको हो । कार्यक्रममा प्रतिनिधिसभा सांसद गंगा कार्कीले चेम्बर अफ कमर्श दोलखाका अध्यक्ष विष्णु श्रेष्ठलाई प्रशंसा पत्र प्रदान गर्नुभएको छ ।

साथै कार्यक्रममा उद्योग व्यापार महासंघले दोलखाले भर्खरै सम्पन्न दोलखा उद्योग बाणिज्य संघको महासचिवमा निर्वाचित सुरेश उप्रेती, सदस्यहरु चक्र घतानी, रामकुमार खड्का, राजु श्रेष्ठ लगायतलाई सम्मान गरेको छ । कार्यक्रममा प्रतिनिधिसभा सांसद गंगा कार्की विश्व, वागमती प्रदेशका पूर्व वन तथा वातावरण मन्त्री एबम् नेकपा माओवादी केन्द्र दोलखाका ईन्चार्ज विशाल खड्का, गौरीशंकर गाउँपालिकाका अध्यक्ष विश्वास कार्की, कालिञ्चोक गाउँपालिकाका उपाध्यक्ष कुल बहादुर बढाथोकी, नेकपा माओवादी केन्द्र दोलखाका सचिव कमल श्रेष्ठ, नेपाल पत्रकार महासंघ दोलखा शाखाका अध्यक्ष दिपशंकर चौलागाई, उद्योगी व्यवसायी लगायतको उपस्थिति रहेको थियो ।